नियम २८
धितोपत्र व्यवसायीको रूपमा दर्ता गर्न निवेदन दिनु पर्नेर्
(१) धितोपत्र व्यवसायीको रूपमा धितोपत्र कारोबार गर्न चाहने संगठित संस्थाले ऐनको दफा १८ बमोजिम बोर्डमा नाम दर्ता गराउन अनुसूची–१२ मा तोकिए बमोजिमको दस्तुर सहित अनुसूची–११ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवदेन दिने संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावली वा सो संगठित संस्था गठन गर्ने सम्बन्धित कानुनमा त्यस्तो संगठित संस्थाको मुख्य उद्देश्य धितोपत्र कारोबार गर्ने रहेको हुनु पर्नेछ । तर बैंक वा वित्तीय संस्थाको हकमा धितोपत्र कारोबार सम्बन्धी व्यवसाय मुख्य उद्देश्य नभई सहायक उद्देश्य भएमा पनि धितोपत्र व्यवसायीको प्रमाणपत्र दिन यस नियमावलीले बाधा पुर्याएको मानिने छैन ।
(३) उपनियम (१) को निवेदन साथ पेश गरेको विवरणमा कुनै व्यहोरा हेरफेर भएमा सम्बन्धित धितोपत्र व्यवसायीले त्यसको सूचना सात दिनभित्र बोर्डमा दिनुपर्नेछ ।